Main News

देशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २० गते १३:०५
देशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

२० भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक थप ६ जनाको मृत्यु भएको छ ।

मोरङमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल, कोभिड नाइन्टिन उपचार केन्द्रमा दुई तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको छ ।

कोशी अस्पतालमा विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार दिउँसो भर्ना गरिएको थियो ।

मोरङको धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको आज बिहान ११ बजे मृत्यु भएको छ । ज्वरो आउनुका साथै स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनलाई गएराति कोभिड अस्पतालमा लगिएको थियो ।

यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मोरङको विराटनगर(११ घर भएकी महिलाको प्रादेशिक ल्याब विराटनगरमा परीक्षण गर्दा भदौ १७ गते संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत कोरोना विशेष अस्थायी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका एक महिला र एक पुरुषको मृत्यु भएको छ।

नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो । बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए ।

यस्तै वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पकाहामैनपुर गाउँपालिका वडा नम्वर २ का ७५ वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ५ गते अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *