Main News
चुनावमा गठबन्धनको भर परेर नबस्न पार्टी कार्यकर्तालाई प्रचण्डको निर्देशन (भिडियो रिपोर्टसहित)
२०७८ चैत ६ गते १३:१८

६ चैत २०७८ पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा गठबन्धनको भर नपर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आज बिहान पोखरामा सञ्चारकर्मीमाझ बोल्दै अध्यक्ष प्रचण्डले माओवादी कसैको वैशाखी नटेकिकनै चुनावमा जाने बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादी कहाँ आउनुपर्ने बताउनुभयो ।
वैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा भएरै छाड्ने भन्दै उहाँले चुनावको तयारीमा लाग्नसमेत पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।
प्रतिक्रिया