स्थानीय तह निर्वाचन, कुन उम्मेदवारको अधिकतम खर्च कति ? (भिडियो रिपोर्टसहित)
२७ फागुन २०७८ काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ६३ दिन बाँकी छ । राजनीतिक दलहरु चुनावी अभियानमा प्रवेश गरिसकेका छन् । चुनावको मिति नजिकिँदै गर्दा दलहरुको तडकभडक पनि बढेको छ ।
चुनाव नजिकिँदा साना दललाई ठूला दलले गर्ने लाखौँ खर्चका कारण मतदाता प्रभावित हुने डर छ भने निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्यनको चुनौति छ ।
पछिल्लो समय निर्वाचन जित्नकै लागि लाखौँ खर्च गर्ने परिपाटी बढ्दै गएको छ । जसले साना दल र पैसा कम हुने उम्मेदवार मर्कामा पर्छन् । ठूला पार्टी र तीनका उम्मेदवारले अनियन्त्रित खर्च गर्ने र निर्वाचन प्रभावित गराउने डर साना पार्टीलाई छ ।
त्यसैले साना दलहरुले खर्च नियन्त्रणका लागि निर्वाचन आयोगलाई दबाब दिएका छन् । निर्वाचन आयोगले तयार पारेको आचारसंहिता कडाइका साथ लागू गर्न उनीहरुको माग छ ।
पछिल्ला निर्वाचन हेर्दा सीमित रकमले चुनाव लड्न र जित्न सक्ने अवस्था देखिँदैन । राजनीतिक एजेण्डा भन्दा पनि उम्मेदवारले गर्ने खर्चले निर्वाचनलाई प्रभावित पारेको साना दलहरुको बुझाइ छ।
आचारसंहिताको कडाइका साथ परिपालना गराई दल र उम्मेदवारलाई तोकिएको सीमाभन्दा बढी खर्च गर्न निरुत्साहित गर्नुपर्नेमा साना दलरहरुको जोड छ । चुनावी खर्चमा दलहरुले मितव्ययिता नअपनाउँदा निर्वाचन समेत पारदर्शि बन्न सकिरहेको छैन ।
अर्कोतिर चुनावका बेलामा हुने अनियन्त्रित खर्चले बजारभाउ उच्च रुपमा वृद्धि हुने गरेको छ । चुनाव जित्नका लागि दलहरुले गर्ने खर्च सीमित क्षेत्रमा थुप्रिँदा अर्थतन्त्रसमेत अप्ठेरोमा पर्दै गएको छ भने राजनीतिमा व्यथिति बढेको छ ।
प्रतिक्रिया