Main News

कांग्रेसको सुकेको रुखको पात निर्वाचन आयोगले बचाइदिन खोजेको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २५ गते १८:५२
कांग्रेसको सुकेको रुखको पात निर्वाचन आयोगले बचाइदिन खोजेको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७८ मोरङ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सुकेको रूखको पात निर्वाचन आयोगले बचाइदिन खोजेको बताउनु भएको छ ।

मोरङको रंगेलीमा भएको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले हरियो रङ नभई रातो रङ राख्दा प्रष्ट देखिने भएकाले रातो बनाउन निर्वाचन आयोगलाई आग्रह समेत गर्नुभयो ।

अध्यक्ष ओलीले माधवकुमार नेपालले पार्टी छाडेपछि पिलो निचोरेजस्तो हाइसन्चो भएको दोहोर्‍याउनुभयो । उहाँले प्रचण्ड हजार जिब्रा भएको शेष नाग भएको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रबाट जितेका मोरङको रंगेली नगरपालिकाका मेयर दीलिप अग्रवालसहितका जनप्रतिनिधि नेकपा एमालेमा प्रवेश गराउन ओली रंगेली पुग्नुभएको हो ।

यता,अध्यक्ष ओलीको मतपत्रमा हरियो रंग प्रयोग सम्बन्धी टिप्पणीमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जवाफ फर्काउनुभएको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले उखानकै प्रयोग गरेर विभाजित कम्युनिष्ट हरियो देख्दा तर्सिन्छ भन्दै टिप्प्णी गर्नुभयो । उहाँले कांग्रेस स्वच्छ प्रतिष्पर्धामा विश्वास गर्ने बताउँदै नतर्सिन आग्रह गर्नुभयो ।

निर्वाचन आयोगले सोमबार मात्र मतपत्रमा प्रयोग हुने दलहरुको चुनाव चिन्हमा हरियो रंगको प्रयोग गरिने जानकारी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *