स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्नेबारे कांग्रेस केन्द्रीय समितिले निर्णय गर्ने (भिडियो रिपोर्टसहित)
२५ फागुन २०७८ काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्नेबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रष्ट पारेको छ ।
सत्तारुढ गठबन्धन दल माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले गठबन्धन कायम राख्दै निर्वाचनमा जाने बताइरहेका बेला कांग्रेसले पार्टी बैठकबाटै निर्णय लिने बताएको हो ।
पार्टी कार्यालय सानेपामा निर्वाचन तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनबारे कांग्रेसले एकमत भएर निर्णय लिने जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहमा पार्टीको अवस्था मूल्यांकन गरेर मात्र के गर्ने भन्ने निर्णय लिन केन्द्रीय समिति बैठक बस्ने जानकारी पनि दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर प्रकाशशरण महतले घरघर जाऔं, कांग्रेस जिताऔं भन्ने अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
प्रतिक्रिया