Main News

अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

हिमालय टिभी
२०७८ फागुन २५ गते १३:०४
अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

२५ फागुन २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र नेपाल चीन सम्बन्धका बारे छलफल भएको बताइएको छ ।

अध्यक्ष प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको सम्भावित नेपाल भ्रमणका विषयमा छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणको तयारी गरिरहेका बेला राजदूत यान्छीले प्रचण्डसँग छलफल गर्नुभएको हो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) पास हुने बेलामा पनि चीनले नेपाल मामिलामा चासो दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *