Main News

सेनाका लागि सिंहदरबारमा नयाँ भवन, मन्त्री झाँक्रीले गरिन् शिलान्यास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २३ गते १५:५६
सेनाका लागि सिंहदरबारमा नयाँ भवन, मन्त्री झाँक्रीले गरिन् शिलान्यास (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७८ काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाका लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।

सिंहदरबार परिसरभित्र चण्डीदल गणको नयाँ भवनको शिलान्यास गर्दै मन्त्री झाँक्रीले समयमै काम सक्न निर्देशन दिनुभयो ।

देश सञ्चालन हुने केन्द्र सिंहदरबारभित्र पनि समयमै काम नसके सरकारमाथि प्रश्न उठ्ने भन्दै मन्त्री झाँक्रीले प्रश्न उठ्ने काम नगर्न आग्रह गर्नुभयो ।

सिंहदरबारभित्र बन्न लागेको चण्डीदल गणको भवन निर्माणको जिम्मा बिकोइ, रसुवा र तुँदि जोइन्ट भेन्चरले प्राप्त गरेको छ ।

भवन निर्माणको अनुमानित लागत ६५ करोड ९५ लाख रहेको र निर्माण अवधि २ वर्ष रहेको छ । ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आना मात्रै भवनले ओगट्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *