Main News

आगलागीबाट करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

हिमालय टिभी
२०७८ फागुन २२ गते २०:५०
आगलागीबाट करोड बढीको  क्षति भएको प्रारम्भिक अनुमान

२२ फागुन २०७८ दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घले व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा आज बिहान भएको आगलागीबाट पीडित भएकालाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ ।

भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी भई ठूलो क्षति हुनुका साथै आसपास रहेका व्यवसायी तथा वरपरका स्थानीयवासीको घरमा क्षति भएकाले पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको हो । सङ्घको आज बसेको आकस्मिक बैठकले तनहुुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति एवं भूपाल हार्डवेयरसका सञ्चालक भूपाल आले र तनहुँ उद्योग वाणिज्य सङ्घका सदस्य एवं ज्योति जनरल सप्लायर्सका सञ्चालक रमेशमकुमार श्रेष्ठलगायत पीडित सम्पूर्ण व्यवसायीप्रति सहानुभूति प्रकट गरेको छ ।

भीषण आगलागीलाई नियन्त्रणमा लिन सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै विषम क्षतिको मूल्याङ्कन गरी शीघ्र क्षतिपूर्तिका लागि सरकारलगायत सम्बन्धित निकायसँग अनुरोध गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले आज विज्ञप्ति जारी गरी विपद्को घटनाबाट थप क्षति हुन नदिन आआफ्नो क्षेत्रबाट सहयोग पु¥याएकामा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तहलगायत सबैमा आभार व्यक्त गर्नुभएको छ ।

यसैगरी व्यास नगरपालिकाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । नगरपालिकाले आगलागी मौसमलाई समेत ख्याल गरी प्रज्वलनशील पदार्थलाई आवास क्षेत्रबाट अलग राख्न सम्बन्धित सबैमा अनुरोध गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *