Main News

जनकपुर साहित्य महोत्सवमा राजनीतिक विमर्श (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २१ गते २१:०१
जनकपुर साहित्य महोत्सवमा राजनीतिक विमर्श (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७८ जनकपुर । जनकपुरका प्रदेश सांसदहरुले राजनीतिक दल, त्यसका नेतृत्व, नेता तथा कार्यकर्ता इमान्दार हुन नसकेको बताएका छन् । उनीहरुले निर्वाचनमा मत पाउन कै लागि व्यक्तिगत समस्या समाधान गर्न अनैतिक काम गरेको स्वीकार गरे ।

जनकपुर साहित्य महोत्सव २०७८ को राजनीतिक सत्रमा उनीहरुले राजनीतिक दलका नेताहरुको चरित्र परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।

जनकपुर साहित्य महोत्सवमा साहित्यको मात्रै कुरा भएन, राजनीतिका पनि कुरा भए । राजनीति सुधार्न त्यसको नेतृत्व, नेता र कार्यकर्ता सच्चिनुपर्नेबारे मन्थन भयो । निर्वाचनमा मत पाउनकै लागि जनप्रतिनिधिले पाँच वर्षसम्म गलत काम गर्ने गरेको स्वीकार गरे ।

महोत्सवमा धारणा राख्ने नेताहरुले गल्ती मात्र स्वीकारेनन् आफू सच्चिने प्रतिवद्धता पनि गरे । तर उनीहरुले आफू मात्रै सच्चिएर राजनीति नसंग्लिने ठानेका छन् । मतदाताको स्तर उठाउन नेता मात्र नभइ राज्य र नागरिक समाजले पनि भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको जोड छ ।

महोत्सवमा अनैतिक रुपमा रकम बाँडेर निर्वाचन जित्ने शैलीका कारण सच्चा नेताहरु छायाँमा परेको बारे पनि विचार विमर्श भयो ।

महोत्सव शनिबार समापन भएको छ । तीन दिनसम्म चलेको महोत्सवमा समाज, साहित्य, राजनीति र नेतृत्व लगातका विषयमा सत्रहरु संचालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *