Political Hightlights

सत्तारुढ दलहरु निर्वाचन पछि धकेल्ने खेलमा लागेको एमाले उपाध्यक्ष नेम्वाङको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २१ गते १६:५२
सत्तारुढ दलहरु निर्वाचन पछि धकेल्ने खेलमा लागेको एमाले उपाध्यक्ष नेम्वाङको आरोप (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागेको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले आज काठमाडौंमा गरेको कार्यक्रममा उपाध्यक्ष नेम्वाङले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाउनुभयो ।

उपाध्यक्ष नेम्वाङले प्रचण्ड र माधवकुमार नेपालहरुप्रति लक्षित गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउँछन ? भनि प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैंले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्