Political Hightlights

संसद नचल्ने अवस्था जारी रहे विघटन हुनसक्ने महामन्त्री थापाको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २१ गते १३:४७
संसद नचल्ने अवस्था जारी रहे विघटन हुनसक्ने महामन्त्री थापाको चेतावनी (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७८ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसद चल्न नसक्ने अवस्था बनाइराखे प्रतिनिधिसभा विघटन हुनसक्ने बताउनुभएको छ ।

कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसद अहिलेकै अवस्थामा चल्न नसक्ने भन्दै यस्तो बताउनुभएको हो ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्नुपर्ने पनि थापाको भनाइ थियो । उहाँले कांग्रेसले चुनाव जित्ने आधार तय भइसकेको दाबी पनि गर्नुभयो ।

कम्युनिष्टहरू असफल भएकै कारण सत्ता कांग्रेसको हातमा आएको बताउँदै उहाँले कम्युनिष्टले भत्काएको लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हातमा आएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्