Main News

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

हिमालय टिभी
२०७८ फागुन २१ गते १३:४२
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

२१ फागुन २०७८ काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

सि‌हदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उहाँहरुले शपथ लिनुभएको हो ।

शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार हुनुहुन्छ ।

नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिनुभएको छ ।

नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि सङ्घीय कानुन अनुरुप शपथ लिनुपर्ने सवैधानिक व्यवस्था छ । शपथ लिन केही सदस्य आफनो जातीय वेषभूषासहितको पहिरनमा आउनुभएको देखिन्थ्यो ।

राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उहाँहरुको कार्यकाल छ वर्षको हुनेछ ।

समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई सङ्घीय ससद्को प्रतिक चिह्न(लोगो) प्रदान गर्नुभयो । सचिवालयका महासचिव डा भरतराज गौतमले उहाँहरुलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी हुनुहुन्थ्यो । संसद् सचिवालयले उहाँहरुलाई संसद् र संसदीय अभ्यासबारे आजै सङ्क्षिप्त जानकारी दिने कार्यक्रमसमेत राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *