Political Hightlights

एमसीसीविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने विप्लवको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १६ गते १८:२०
एमसीसीविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने विप्लवको चेतावनी (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७८ काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट पारित भए पनि एमसीसी खारेज गर्न बाध्य पार्ने बताउनुभएको छ ।

महासचिव विप्लवले एमसीसी कार्यान्वयन हुन नदिन आफूहरूले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिनुभयो ।

विप्लवले एमसीसी पास हुनुको पछाडि कांग्रेसको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुख्य हात रहेको बताउनुभयो ।

उहाँले राष्ट्रघाती कदमबाट कांग्रेसलाई रोक्नुको साटो कथित १२ बुँदे प्रस्तावको नाममा प्रचण्ड र नेपालले कलंकको टीका लगाएको आरोप लगाउनुभयो । विप्लव नेतृत्वको नेकपाले एमसीसी पारित नगर्न शुरुदेखि नै दबाब दिँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्