Political Hightlights

एमसीसी पारित नगर्ने भए तत्काल सरकार छोड्न माओवादीलाई भट्टराईको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १४ गते १६:३२
एमसीसी पारित नगर्ने भए तत्काल सरकार छोड्न माओवादीलाई भट्टराईको आग्रह (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७८ काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि प्रचण्डलाई चेतावनी दिनुभयो । उहाँले एमसीसी सम्झौंता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनुपर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दावी समेत गर्नुभयो ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताउनु भयो ।

उहाँले आफूहरु संसदबाट स्पष्ट बहुमत पुराएर सो सम्झौंता पारित गराउन लागिपरेको बताउनुभयो । एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याउनुभयो ।

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहो¥याउनुभयो । उहाँले एमसीसी सम्झौंता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्