Political Hightlights

यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने अध्यक्ष नेपालको प्रष्टीकरण

हिमालय टिभी
२०७८ फागुन १३ गते १३:३७
यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने अध्यक्ष नेपालको प्रष्टीकरण

१३ फागुन २०७८ काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताउनुभएको छ ।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरु कायमै रहेको बताउनु भएको हो ।

एमसीसी सम्झौंताका कतिपय प्रावधानहरु आपत्तिजनक रहेको भन्दै उहाँले आफूहरुले ती प्रावधानहरुलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गर्नु भयो ।

अध्यक्ष नेपालले एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउनुले पनि यसप्रति अझ बढी आशंका बढाएको तर्क गर्नु भयो । एमसीसी सम्झौताका केही प्रावधानहरु परिवर्तन गर्ने सम्बन्धमा अझैपनि छलफल चलिरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो – ‘यस सन्दर्भमा कतिपय प्रावधानहरुको बारेमा प्रश्नहरु उठेका छन् । ति आपत्तिजनक रहेका छन् । ति प्रावधानहरुलाई सच्याउनु पर्दछ । सुधार्नुपर्दछ । त्यसको निम्ति हामीले धेरै समयदेखि कुरा उठाइ पनि रहेका छौँ । ’

अध्यक्ष नेपालले नेपाललाई कुनैपनि सैन्य गठबन्धन र सुरक्षा रणनीतिको अंगको रुपमा समावेश गर्न नदिने बताउनुभयो । उहाँले छिमेकी देशहरुको सुरक्षामा असर पर्ने काम नेपालको भूमिबाट हुन नदिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टी एउटा देशभक्त पार्टी हो । क्रान्तिकारी पार्टी हो । परिवर्तनकारी पार्टी हो । हामीले कुनैपनि सम्झौताको सारमा जानु पर्दछ । सारमा गम्भिर त्रुटीहरु छन् भने त्यसलाई सच्याउनुपर्दछ भन्ने धारणा राख्दछौँ । विदेशीहरुको प्रभावमा पर्न पनि चाहँदैनौँ । हामी कुनैपनि किसिमको सैन्य गठबन्धनमा, सुरक्षा रणनीतिको अंगको रुपमा आफुलाई समावेश गर्ने पक्षमा छैनौँ ।’

उहाँले संसदमा टेवल गरिएको एमसीसीको सम्बन्धमा नेपालले कसैको दबाबबाट प्रभावित नभई स्वतन्त्र ढंगले निर्णय लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्