Main News

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज

हिमालय टिभी
२०७८ फागुन १२ गते ९:०८
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज

१२ फागुन २०७८ काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज बस्दैछ । काठमाडौंको एक होटलमा बिहान १० बजे बैठक बस्ने तयारी भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

हिजो भएको सहसचिवस्तरीय बैठकबाट निस्किएको निश्कर्षलाई आजको बैठकले अनुमोदन गर्ने तयारी भएको छ । समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन ।

२०७६ असोजको अन्तिम साता भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । हिजोको बैठकमा नेपालको तर्फबाट विद्युत व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव राखिएको थियो भने नेपाल विद्युत प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत भारत निर्यात गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *