Political Hightlights

सभामुख हटाउने खेल भएकाले एमसीसी टेबल गर्न दिइयोः प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ११ गते १८:१३
सभामुख हटाउने खेल भएकाले एमसीसी टेबल गर्न दिइयोः प्रचण्ड (भिडियो रिपोर्टसहित)

११ फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख हटाउने खेल भएपछि एमसीसी संसदमा टेबल गर्न दिएको खुलासा गर्नुभएको छ ।

पार्टीको बागमती प्रदेश समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले एमालेले आफूले कारवाही गरेका सांसद पदमुक्त नगरेको भन्दै सभामुखको राजीनामा खोजेका बेला कांग्रेस पनि त्यसकै पक्षमा उभिएपछि टेबल गर्न दिएको बताउनुभयो । उहाँले अहिले गठबन्धन टुटाउने षड्यन्त्र भएको पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आज बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा भेटवार्ता भए पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्