Political Hightlights

गृहमन्त्री खाँणद्वारा एमाले र माओवादी अध्यक्षसँग भेटवार्ता

हिमालय टिभी
२०७८ फागुन ११ गते १३:०७
गृहमन्त्री खाँणद्वारा एमाले र माओवादी अध्यक्षसँग भेटवार्ता

११ फागुन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उहाँकै निवास बालकोट पुग्नुभएको हो । आज बिहान गृहमन्त्री खाँणले अध्यक्ष ओलीसँग एकघण्टा भेटवार्ता गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

एमसीसीका बारेमा सत्ता गठबन्धनमा मतभेद भइरहेका बेला एमाले र कांग्रेसबीच निरन्तर छलफल चलिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न हिजो अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

खाँणसँगको भेटमा अध्यक्ष ओलीले आफ्ना माग पूरा गरे एमसीसी पारित गर्न साथ दिने अडान दोहोर्‍याउनुभएको छ । एमालेले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदको पद रिक्त हुनुपर्ने अडान लिँदै आएको छ ।

गृहमन्त्री खाँडले आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ ।

एमसीसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ । सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्