Main News

स्थानीय तहको आगामी निर्वाचनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

हिमालय टिभी
२०७८ फागुन १० गते ९:३३
स्थानीय तहको आगामी निर्वाचनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

१० फागुन २०७८ काठमाडौं । आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनविरुद्व दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ ।

महोत्तरीको भँगाहा नगपालिकाका मेयर सञ्जीवकुमार साहले दायर गर्नुभएको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ । २०७४ सालको असोजमा निर्वाचित भएको तर सविधानले तोकेको पाँच वर्ष कार्यकाल नपुग्ने भएकाले वैशाख ३० को निर्वाचन संविधानविपरीत हुने उहाँले रिटमा जिकिर गर्नुभएको छ ।

तीन चरणमा सम्पन्न भएको निर्वाचनमा दोस्रो र तेस्रो चरणमा निर्वाचित पदाधिकारीको पाँच वर्ष नपुग्ने दावी रिटमा गरिएको छ ।

यसअघि प्रशासनले दरपीठ गरेको रिटविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता गर्न आदेश भएको थियो। आजको सुनुवाइले माग अनुसार अन्तरिम आदेश जारी गरेमा स्थानीय निर्वाचनको मिति सर्नसक्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *