Main News

टी–२० विश्वकप छनोटमा आज नेपालले यूएईको सामना गर्दै, हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

हिमालय टिभी
२०७८ फागुन १० गते ७:५७
टी–२० विश्वकप छनोटमा आज नेपालले यूएईको सामना गर्दै, हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

१० फागुन २०७८ काठमाडौं । आईसीसी पुरुष ट्वेन्टी–ट्वेन्टी विश्वकप ग्लोबल छनोट ए मा आजदेखि सेमिफाइनलका खेल शुरू हुँदैछन् ।

सेमिफाइनलमा आज नेपाल र युएई तथा आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । समूह बी अन्तर्गत नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले र तेस्रो खेलमा क्यानाडालाई ८ विकेटले पराजित गरेको थियो ।

आजको खेल जित्दै नेपाल दोस्रो पटक विश्वकप पुग्ने लक्ष्यमा रहनेछ । यसअघि नेपाल सन् २०१४ मा बंगलादेशमा आयोजना भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप खेलेको थियो । यूएई भने समूह ए को उपविजेता टोली हो ।

त्यस्तै अर्को सेमिफाइनलमा समूह ए को विजेता आयरल्याण्ड र समूह बी को उपविजेता ओमान आमनेसामने हुनेछन् । दुबै खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे शुरू हुनेछन् ।

फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको लागि छनोट हुनेछन् । ग्लोबल छनोटको हिमालय टेलिभिजन एचडीले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *