Main News

दल दर्ताका लागि निर्वाचन आयोगमा दश वटा दलको निवेदन

हिमालय टिभी
२०७८ फागुन ९ गते १९:२०
दल दर्ताका लागि निर्वाचन आयोगमा दश वटा दलको निवेदन

९ फागुन २०७८ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलहरुले निवेदन दिएका छन् ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा भाग लिनका लागि हालसम्म १० वटा राजनीतिक दलले मात्र निवेदन दिएको जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा सह प्रवक्ता सूर्यप्रसाद अर्यालले नेपालको संविधानसँगै राजनीतिक दल सम्बन्धी बनेको ऐन र नियमावली पालन गर्ने सर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को उपदफा ४ र ५ बमोजिम थप ३ वटा दल दर्ता गरिएको बताउनु भयो । योसँगै हालसम्म आयोगमा दर्ता भएका दलको संख्या १०९ पुगेको छ ।

पछिल्लो चरणमा आयोगले मतदाताको सहजताका लागि मतदाता नामावलीमा भएको त्रुटि सच्चाउन सबै निर्वाचन कार्यालयलाई परिपत्र गरिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको अवस्थामा वडा कार्यालयको सिफारिसमा फागुन २० गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट प्रतिलिपि बनाउन सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *