Political Hightlights

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ९ गते १७:४०
एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने (भिडियो रिपोर्टसहित)

९ फागुन २०७८ काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ ।

आज काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पेश भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरुलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताउनु भयो । उहाँले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताउनुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘हाम्रो सचिवालयको बैठक जारी छ । आज छलफलका लागि समय पुगेन । हामी एमसीसीको यो प्रस्तावको संसदमा दर्ता भएको प्रस्तावको विपक्षमा उभिनेछौँ । विपक्षमा उभिनका निम्ति सबैलाई भन्नेछौँ र वातावरण तयार गर्नेछौँ । यो विषय संवदेनशील भएकाले त्यहीँ छलफल होला । हामी आफ्नो पार्टीको पोजिशन स्पष्ट गर्न चाहन्छौँ । हिजो दर्ता गरिएको एमसीसीको प्रस्तावको विपक्षमा मतदान गर्ने र वातावरण निर्माण गर्ने दुवै काममा हामी लाग्नेछौँ । सरकारमा जानु हाम्रो राष्ट्रिय आवश्यकता थियो । सरकारमा बस्ने र निस्किने कुरा समयले निर्धारण गर्छ ।’

प्रवक्ता खतिवडाले सरकारमा जानु पार्टीको राष्ट्रिय आवश्यकता भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्