Political Hightlights

प्रचण्ड र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता, गठबन्धन नटुट्ने दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ९ गते १७:२५
प्रचण्ड र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता, गठबन्धन नटुट्ने दाबी (भिडियो रिपोर्टसहित)

९ फागुन २०७८ काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन नटुट्ने बताउनु भएको छ ।

आज सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिनुभयो । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनुपर्छ, एमसीसी पनि समस्या समाधान हुनुप¥यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भने त्यही हो ।’

कांग्रेस वरिष्ठ नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्