Political Hightlights

एमाले जुट्यो एमसीसीबारे आन्तरिक छलफलमा

हिमालय टिभी
२०७८ फागुन ८ गते १७:४४
एमाले जुट्यो एमसीसीबारे आन्तरिक छलफलमा

८ फागुन २०७८ काठमाडौं । सरकारले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्तरिक छलफल थालेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँग छलफल थाल्नुभएको छ । केन्द्रीय कार्यालयमा जारी छलफलपछि एमालेले आधिकारिक धारणा बनाउन पार्टीको बैठक बोलाउने तयारी पनि गरेको छ ।

यसअघि नेपाली कांग्रेसले एमसीसी पारित गर्नका लागि एमालेको सहकार्य खोजेको थियो । एमालेले भने पहिले संसदमा टेबल गर्न सुझाव दिएको थियो ।

सरकारले प्रस्ताव टेबल गरेपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने एमाले नेताहरुले बताउँदै आएका छन् । टेबल भएपछि एमालेले के गर्छ भन्नेमा सर्वत्रचासो रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्