Main News

सबै प्रदेशमा हिमालय टेलिभिजनको व्यूरो कार्यालय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ७ गते २०:२३
सबै प्रदेशमा हिमालय टेलिभिजनको व्यूरो कार्यालय (भिडियो रिपोर्टसहित)

७ फागुन २०७८ विराटनगर । हिमालय टेलिभिजन एचडीले प्रदेश १ मा आफ्नो व्यूरो कार्यालय स्थापना गरेको छ ।

हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँले विराटनगरको बरगाछीस्थित व्यूरो कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यक्रममा समाचार प्रमुख बानियाँले सात वटै प्रदेशमा व्यूरो कार्यालय र चितवनमा शाखा कार्यालय स्थापना गरिने बताउनुभयो ।

उहाँले सातै प्रदेशमा व्यूरो कार्यालय र सबै जिल्लामा जिल्ला सम्वाददाता राखेर हिमालय टेलिभिजनको समाचारलाई आगामी दिनमा थप चुस्त बनाउने योजना सुनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *