Political Hightlights

एमसीसी संसदमा टेबल गर्न दिन एकीकृत समाजवादी तयार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ७ गते १७:१९
एमसीसी संसदमा टेबल गर्न दिन एकीकृत समाजवादी तयार (भिडियो रिपोर्टसहित)

७ फागुन २०७८ काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेवल गर्न दिने संकेत गरेको छ ।

आज काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्टीको अडान भने यथावत रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुने गरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । त्यसबारेमा जनताको बीचमा बहस गर्नुपर्ने र जनप्रतिनिधिहरुलाई पनि यसबारे जानकारी दिनुपर्ने सो पार्टीको बुझाइ छ ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘यथास्थितिमा अर्थात् उसले राखेको सेवा, सर्तहरुको अधिनमा एमसीसी पारित गर्न दिन सकिदैन भन्ने हाम्रो स्थायी समिति बैठकले सर्वसम्मत निर्णय गरेको छ । यसका बारेमा थप निर्णय गर्नका लागि केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । र, नेपाली जनताको भावना, राष्ट्रिय हित र वैचारिक प्रतिबद्धतासमेतको आधारमा रही हामीले आफ्नो निर्णय गरेका छौं भन्ने हाम्रो पार्टीको ठहर रहेको छ ।’

नेकपा (एकीकृत समाजवादी)ले सो सम्झौताबारे अध्ययन गर्न झलनाथ खनाल नेतृत्वको कार्यदल नै गठन गरेको थियो । कार्यदलले पनि बैठकमा यथास्थितिमा एमसीसी पारित गर्न नमिल्ने सुझाव दिएको प्रवक्ता खतिबडाले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्