Political Hightlights

देउवा सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको एमाले अध्यक्ष ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ७ गते १६:५९
देउवा सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको एमाले अध्यक्ष ओलीको दाबी (भिडियो रिपोर्टसहित)

७ फागुन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बताउनु भएको हो । आज भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिनु भयो ।

अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गर्नु भयो । प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ । बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन । यो कहाँ बच्छ ? बच्न सक्दैन । त्यसकारण अब त बढीमा एक वर्ष हो यिनको आयू । संसारभरका जोतिषिलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ –बढीमा एक वर्ष हो, आयू । यो सरकारको आयू । त्यसो भएर अहिले म धेरै समय नलिऊ । अहिले पूर्वतिर मेला लाग्थ्यो । एकथरी उरन्ठेउलाहरु हुल बाँधेर जान्थे । अनि लुकाएर सिन्दुरचाहीँ खल्तीमा हालेर जुम्सोजस्तो भएर जाने । अनि राम्री केटी देखेपछि छ्वास्स टाउँकोमा सिन्दुर फ्याँकी दिएर गुटुट भाग्ने । के भो, के भो भन्दाभन्दै उहाँ पुगिसक्यो । माइतीहरु सिन्दुर हालीहाल्यो खोजेर सिन्दुर लाउने कहिले माकुनले सिन्धुर हालिदिएको छ झुक्याएर । कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ, सिन्दुर । कहिले कांग्रेसले हालिदिएको छ । आजको जमानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ ? हामी माइतीहरु सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होइन । आउनुस, तिनीहरुले झुक्याएर हालिदिएका सिन्दुरहरु छोडिदिनुस । यहाँ आउनुस लक्स सावनले नुहाउनुस् । नेकपा एमालेमा आउनुस, देश बनाउने अभियानमा लागौं ।’

अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दुरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढन आफ्नो पार्टी सक्षम रहेको दावी समेत गर्नुभयो । उहाँले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनु भयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्