Political Hightlights
एमसीसी सम्झौता संसदबाट पारित गर्ने प्रयास नगर्न नेता खनालको चेतावनी
२०७८ फागुन ४ गते १८:१४
४ फागुन २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिनु भएकोछ ।
नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन नदिने आफ्नो पार्टीको अडानसमेत दोहोर्याउनुभयो ।
यो सम्झौतामा गम्भिर खालका राष्ट्रिय हितविपरीतका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्कसमेत गर्नुभयो ।
नेता खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताउनुभयो ।
प्रतिक्रिया