Political Hightlights

एमसीसी सम्झौता शुक्रबार संसदमा टेबल हुन्छः मन्त्री बडु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ४ गते १८:०६
एमसीसी सम्झौता शुक्रबार संसदमा टेबल हुन्छः मन्त्री बडु (भिडियो रिपोर्टसहित)

४ फागुन २०७८ काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता शुक्रबार प्रतिनिधिसभा बैठकमा टेबल हुने बताउनु भएको छ ।

मन्त्री बडुले दलहरुबीचको सहमतिमै सो सम्झौता अघि बढाउन आवश्यकता महशुस गरेरै सरकारले दुई दिनको समय दिएको पनि स्पष्ट पार्नुभयो ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसी टुंगो लगाउने सार्वभौम संस्था संसद भएकाले त्यही छलफल गरेर टुंगो लगाउन सरकारले चाहिरहेको बताउनुभयो ।

मन्त्री बडुले विगतमा बनेका सबै पार्टी नेतृत्वको सरकारले आवश्यकता बोध गरेको एमसीसीलाई वर्तमान सरकारले संसदबाट पारित गराउन पहल गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्