Political Hightlights
एमसीसीको विपक्षमा उभिने माओवादी केन्द्रको निर्णय
२०७८ फागुन ४ गते १३:०८
४ फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले यथास्थितिमा एमसीसी परियोजना पास गर्न नसकिने निष्कर्ष निकालेको हो।
माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसीमा रहेका असमान प्रावधानहरु संशोधन नगरी पास गर्न नसकिने निर्णय भएको जानकारी दिनु भयो ।
माओवादी बैठकले जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाए सत्तारुढ गठबन्धन तोडिने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया