Political Hightlights

प्रचण्डको दोहोरो चरित्रका कारण समस्या भएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ३ गते १८:४५
प्रचण्डको दोहोरो चरित्रका कारण समस्या भएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आरोप (भिडियो रिपोर्टसहित)

३ फागुन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण समस्या आएको बताउनुभएको छ ।

जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजतन्त्रदेखि एमसीसीसम्मका विषयमा प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको विपक्षमा एउटै खेमा बनाउनका लागि मात्र अहिलेको गठबन्धन तयार भएको आरोपसमेत लगाउनुभयो ।

राष्ट्रिय स्वाधिनताका विषयमा एमालेले कसैसँग सम्झौता नगर्ने बताउँदै उहाँले आन्तरिक विकासका लागि एमाले सरकारमा रहँदा गरेका निर्णयहरु अहिलेको सरकारले उल्टाएको दाबी गर्नुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्