Main News

यस्तो रहेछ मधेस प्रदेश सरकारको चार वर्षको उपलव्धी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ३ गते १८:४०
यस्तो रहेछ मधेस प्रदेश सरकारको चार वर्षको उपलव्धी (भिडियो रिपोर्टसहित)

३ फागुन २०७८ जनकपुर । मधेस प्रदेशले आफ्नो उपलब्धिहरु सार्वजनिक गरेको छ ।

सरकार गठनभएपछि पूरै चार वर्ष नेतृत्व गर्न पाउने भाग्यमानी मुख्यमन्त्री लालबाबु राउतले मधेसमा छोरीलाई शिक्षा, महिलालाई पचास प्रतिशत आरक्षण, दलित सशक्तिकरण, प्रदेश लोकसेवा आयोगको गठन लगायतलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धि मान्नुभएको छ ।

उहाँले प्रदेशमा सुशासनका लागि प्रदेश जनलोकपाल र नीति आयोगको गठन, छोरी बीमा र ल्यापटप वितरणलाई सरकारको उपलब्धिमा उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण पनि राउतले प्रमुख उपलब्धिमा परेको छ ।

मुख्यमन्त्री राउतले आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल, प्रदेश जनलोकपाल जस्ता दर्जनौ निकायहरु गठन भए पनि संघीय सरकारको असहयोगका कारण प्रभावकारी बन्न नसकेको आरोप लगाउनुभयो ।

संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने लगायतका विषयले मधेस प्रदेश चर्चामा रह्यो । तर कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा सरकारले काम गर्न नसकेको नागरिकको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *