Main News
भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूचीमा परेन एमसीसी
२०७८ फागुन ३ गते १८:३५
३ फागुन २०७८ काठमाडौं । संघीय संसद सचिवालयले जारी गरेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव राखिएको छैन ।
संसद भवन नयाँ बानेश्वरमा भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।
एमसीसी कार्यसूचीमा नराखिए पनि सभामुख अग्निप्रसाद सापकोटाले भोलि बिहान साढे ११ बजे बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गर्ने बताइएको छ ।
कार्यव्यवस्थाको बैठकपछि एमसीसी संसदमा टेबुल हुनेनहुने विषय टुंगो लाग्ने सचिवलायले जनाएको छ ।
प्रतिक्रिया