Political Hightlights
गठबन्धन भत्काउने र निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड (भिडियो रिपोर्टसहित)
२०७८ फागुन १ गते १८:३३
१ फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन टुटाउने, सरकार गिराउने र निर्वाचन विथोल्ने प्रपञ्च भइहेको बताउनुभएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा २७ औं जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
उहाँले ले वर्तमान सत्ता गठबन्धन र विदेशी परियोजनाबीच कुनै सम्बन्ध नभएको बताउनुभएको छ । उहाँले कुनै विदेशी परियोजनालाई आधार बनाएर गठबन्धन नबनेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रचण्डले सबैले एकपटक आत्मालोचना गरेर सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टलाई एकतावद्ध हुन अपिल समेत गर्नुभयो ।
प्रतिक्रिया