Political Hightlights
आफ्नो पार्टीको वैधानिकतामाथि प्रश्न उठाए सैह्य नहुने अध्यक्ष नेपालको चेतावनी (भिडियो रिपोर्टसहित)
२०७८ फागुन १ गते १८:२७

१ फागुन २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिनु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधिन रहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ आएको हो ।
काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आफ्नो पार्टीले कानूनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको बताउनुभयो ।
अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताउनुभयो ।
अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यकता रहेको दोहोर्याउनुभयो ।
प्रतिक्रिया