Political Hightlights

महाअभियोगबारे छलफल गर्न एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक

हिमालय टिभी
२०७८ फागुन १ गते १७:११
महाअभियोगबारे छलफल गर्न एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक

१ फागुन २०७८ काठमाडौं । सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ ६ बजे बस्ने बैठकमा महाभियोगबारे पार्टीले चाल्ने कदमबारे छलफल हुनेछ ।

भोलि बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले आफ्ना पार्टीका सबै सांसदलाई काठमाडौं आउन निर्देशन दिएको छ ।

एमालेले ओलीलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । एमालेले पनि काउन्टरका रुपमा चार न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि महाभियोग ल्याउने आशंका बढेको छ ।

एमालेले छापामार शैलीमा ल्याएको महाभियोग प्रतिपक्षीलाई चिड्याउने र आगामी स्थानीय तह निर्वाचन भाड्ने षड्यन्त्र भएको प्रतिक्रिया दिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले एमालेमाथि ढुंगा हानेको बताउनुभयो ।

सत्तापक्ष र प्रतिपक्षबीच तनाव काम भइरहेका बेला सत्तापक्षबाट भएको कदम स्वीकार्य नहुनेसमेत अध्यक्ष ओलीले चेतावनी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्