Main News
निर्वाचन आयोगले आजदेखि हरेक दिन आफ्नो गतिविधिबारे जानकारी दिने
२०७८ फागुन १ गते ८:२८
१ फागुन २०७८ काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले आजदेखि दैनिक रुपमा निर्वाचन गतिविधि सार्वजनिक गर्ने भएको छ ।
निर्वाचनसम्बन्धी तयारीका साथै आयोगसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिने आयोगको तयारी छ। आयोगले मिडिया सेन्टरमा हरेक दिन पत्रकार सम्मेलन गरेर गतिविधिबारे दैनिक रुपमै ब्रिफिङ गर्न लागेको हो।
आयोगका उपसचिव कमल ज्ञवालीले आजदेखि हरेक दिन अपरान्ह ४ बजे मिडिया सेन्टरमा प्रवक्ता तथा सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ ।
प्रतिक्रिया