Political Hightlights

आज बसेको सत्ता साझेदार तीन दलको बैठक पनि निष्कर्षविहीन

हिमालय टिभी
२०७८ माघ २९ गते १५:३२
आज बसेको सत्ता साझेदार तीन दलको बैठक पनि निष्कर्षविहीन

२९ माघ २०७८ काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध प्रमुख तीन दलबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

एमसीसी सम्झौतालाई संसदमा अनुमोदन गर्ने विषयमा सहमति जुटाउन गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।

एमसीसीका बिषयमा सहमति जुटाउन पटक पटक छलफल भए पनि शीर्ष तीन नेताहरु आआफ्नो अडानबाट पछि हट्न नसक्दा सहमति नजुटेको बताइएको छ ।

देउवा एमसीसी तत्काल संसदमा लगेर छिनोफानो गर्नुपर्ने पक्षमा हुनुहुन्छ भने प्रचण्ड र नेपाल संशोधनबिना संसदमा लैजान नहुने पक्षमा हुनुहुन्छ । संसदबाट अनुमोदन नभए एमसीसी फिर्ता लैजाने अमेरिकाले चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्