Political Hightlights
यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अध्यक्ष नेपालको प्रष्टोक्ति (भिडियो रिपोर्टसहित)
२०७८ माघ २८ गते १५:०२
२८ माघ २०७८ वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने दोहोर्याउनु भएको छ ।
वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौती रहेको बताउनुभयो ।
एमसीसीको गुण र दोष तथा तथ्यको आधारमा निष्कर्षमा पुग्न चाहेको बताउँदै उहाँले एमसीसीबारे ७ प्रश्नमा प्रष्ट हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले एमसीसी सम्झौता केही समयपछि सार्नु उत्तम हुने बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै नेपालले विदेशीसामू लम्पसार परेको आरोप लगाउनु भयो ।
अध्यक्ष नेपालले एमसीसीमा कुरा नमिले पनि स्थानीय तहको आगामी निर्वाचनसम्म गठबन्धन नटुट्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया