Main News

विद्युतीय मतदानबारे प्राविधिक विज्ञसँग निर्वाचन आयोगको छलफल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २६ गते १८:१८
विद्युतीय मतदानबारे प्राविधिक विज्ञसँग निर्वाचन आयोगको छलफल (भिडियो रिपोर्टसहित)

२६ माघ २०७८ काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले विद्युतीय मतदानबारे प्राविधिक विज्ञहरुसँग छलफल गरेको छ ।

आयोगले विद्युतीय मतदानबारे अध्ययन गर्न कार्यदल पनि बनाएको छ । कार्यदलले आज काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरुमा विद्युतीय मतदान प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरुसँग छलफल गरेको हो ।

कार्यदललाई एक साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । प्रतिवेदन अध्ययनपछि आयोगले निर्णय लिने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिएको थियो । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *