Political Hightlights

अध्यक्ष प्रचण्ड र नेपालबीच एमसीसी र संसद अवरोधबारे छलफल

हिमालय टिभी
२०७८ माघ २६ गते १३:४०
अध्यक्ष प्रचण्ड र नेपालबीच एमसीसी र संसद अवरोधबारे छलफल

२६ माघ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा अमेरिकी सहयोग परियोजना एमसीसी, स्थानीय निर्वाचन, संसद्अवरोधलगायतका विषयमा छलफल भएको बताइएको छ ।

एमसीसीको विषयलाई सत्तारुढ दलहरू विभाजित छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संशोसन गरेर मात्रै पास गर्नु पर्ने पक्षमा उभिएका छन्।

एमसीसी टेबल गर्ने विषयमा सहमति हुन नसक्दा आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक फागुन दुई गते बस्ने गरि स्थागित गरिएको छ ।

अमेरिकाले दिएको समय फागुन १६ गतेसम्म पनि संसदबाट एमसीसी अनुमोदन हुने नहुने टुंगो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्