Political Hightlights

निवर्तमान अध्यक्ष कमल थापाद्वारा राप्रपाबाट अलग भएको घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २५ गते १३:५५
निवर्तमान अध्यक्ष कमल थापाद्वारा राप्रपाबाट अलग भएको घोषणा (भिडियो रिपोर्टसहित)

२५ माघ २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

हेटौंडामा रहेका निवर्तमान अध्यक्ष थापाले वक्तव्य जारी गर्दै आफूले ३१ वर्षको सम्बन्ध टुट्न गएको जानकारी गराउँदै आफू अलग भएको घोषणा गर्नुभएको हो ।

थापाले पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएकाले त्यसलाई सुधार गर्ने आफ्नो चाहना सुनुवाइ नभएकाले अलग हुनुपरेको वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि उहाँले बताउनुभएको छ । गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको थियो ।

उहाँले त्यसैबेलादेखि पार्टीमा पूर्वराजाको हस्तक्षेप सुरु भएको दाबी गर्दै छानविन गर्न माग गर्नुभएको थियो । थापाको मागबारे अध्यक्ष लिङ्देनले उहाँकै निवास वुढानिलकण्ठ पुगेर छलफल पनि गर्नुभएको थियो ।

निवर्तमान अध्यक्ष थापाले संवैधानिक राजतन्त्र छाड्दै हिन्दू धर्मको मुद्दामा आफूलाई केन्द्रित गरेर नयाँ पार्टी खोल्ने तयारी गरेको उहाँ निकट नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्