स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने सरकारको निर्णय (भिडियो रिपोर्टसहित)
२४ माघ २०७८ काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय निर्वाचनका लागि मिति प्रस्ताव गरेको थियो । २०७४ वैशाख ३१ मा निर्वाचित पदाधिकारीको पदावधि ५ जेठमा सकिँदैछ ।
यस्तै आजको बैठकले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डाक्टर किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले बर्खास्त गरेको हो ।
वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर उनीहरुलाई बर्खास्त गरिएको हो । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोटी, शशीकुमार शर्मा, डाक्टर सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।
प्रतिक्रिया