Political Hightlights

माओवादीले केन्द्रीय समिति बैठकपछि मात्र एमसीसीबारे निर्णय लिने

हिमालय टिभी
२०७८ माघ २४ गते १४:५७
माओवादीले केन्द्रीय समिति बैठकपछि मात्र एमसीसीबारे निर्णय लिने

२४ माघ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठकपछि मात्र एमसीसीबारे निर्णय लिने भएको छ ।

माओवादीले माघ २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । एमसीसीबारे पार्टीमा देखिएको दोहोरो नीतिबारे केन्द्रीय समिति बैठकले थप प्रष्ट पार्ने भएको हो ।

एमसीसी प्रकरणले माओवादी केन्द्रभित्र पनि विवाद देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भएपछि माओवादीमा असन्तुष्टि शुरु भएको हो ।

नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले अध्यक्ष प्रचण्डसँग पत्रबारे प्रष्ट पार्न माग गर्दै आएका छन् । प्रचण्डको सचिवालयले पत्रबारे अपव्याख्या गरिएको वक्तव्य जारी गरेको छ ।

यसैबीच सरकारले माघ २६ गते बोलाइएको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्न चाहेको छ । त्यसका लागि कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श पनि गरिसक्नुभएको छ । तर, सभामुख सापकोटाले सकारात्मक जवाफ नदिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्