Main News

मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी

हिमालय टिभी
२०७८ माघ २४ गते १२:५४
मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी

२४ माघ २०७८ काठमाडौं । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने प्रचलन भए पनि आजको बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्न सक्ने बताइएको छ ।

यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय तहको चुनावलगायतका विषयमा छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *