Main News

काठमाडौंमा आजदेखि विद्यार्थीलाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाइँदै

हिमालय टिभी
२०७८ माघ २४ गते ८:५४
काठमाडौंमा आजदेखि विद्यार्थीलाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाइँदै

२४ माघ २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिने भएको छ।

२१ दिनअघि पहिलो मात्रा लगाएका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा खोप दिन लागिएको महानगरपालिकाले जनाएको छ।

महानगरका ३२ वटै वडामा तोकिएका केन्द्रमा गइ खोप लगाउन सकिने महानगरपालिका कार्यालयका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो ।

वडा खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयहरुमा खोप केन्द्र तोकिएको छ। आजदेखि शनिबार बाहेक आगामी फागुन ५ गतेसम्म खोप अभियान जारी रहने महानगरको सूचनामा उल्लेख छ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *