Political Hightlights

चुनाव र एमसीसी एकैपटक लैजान सकिँदैन : शिक्षामन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २३ गते १६:३१
चुनाव र एमसीसी एकैपटक लैजान सकिँदैन : शिक्षामन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

२३ माघ २०७८ बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सत्तारूढ गठबन्धन चुनावसम्मै कायम रहने दाबी गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेले तीनवटै चुनावबाट परिणाम नआँउदासम्म गठबन्धन कायम रहने दाबी गर्नुभयो । गठबन्धनका वरिष्ठ नेताहरुलाई उदृत गर्दै मन्त्री पौडेलले चुनाव पनि गठबन्धन सरकारले गराउने बताउनु भयो ।

मन्त्री पौडेलले चुनाव र एमसीसी एकैपटक लैजान नसक्नेसमेत बताउनुभयो । कुनै पनि दलभित्र एमसीसीबारे एउटै धारणा नरहेको र चुनावपछि न्यूनतम राष्ट्रिय सहमति कायम गरेर प्रक्रिया अगाडि बढाउने तयारी भएको समेत उहाँले बताउनुभयो ।

स्थानीय तहको चुनाव जेठमै गराउनेगरी वरिष्ठ नेताहरुले गृहकार्य गरिरहेको समेत उहाँको भनाइ छ । निर्वाचन आयोगले चुनावको तयारी गरेमा चुनावमा जान आफ्नो पार्टी तयार रहेको मन्त्री पौडेलको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्