Political Hightlights

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार

हिमालय टिभी
२०७८ माघ २२ गते २०:१९
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार

२२ माघ २०७८ काठमाडौं । म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी बिहीबार हुने भएको छ ।

यही माघ २७ गते अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्