Main News

आज विभिन्न कार्यक्रमसहित विश्व सिमसार दिवस मनाइँदै

हिमालय टिभी
२०७८ माघ १९ गते ८:२७
आज विभिन्न कार्यक्रमसहित विश्व सिमसार दिवस मनाइँदै

१९ माघ २०७८ काठमाडौं । आज विश्व सिमसार दिवस, सिमसार र पानी नाराकासाथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि फेब्रुअरी २ मा सिमसार दिवस मनाउन थालिएको हो । नेपाल सन् १९८७ मा सिमसार महासन्धिको सदस्य भएको हो ।

अहिले यो महासन्धीमा १ सय ६९ देश आवद्ध छन् । सिमसार जमिन र पानीसहितको दलदल क्षेत्र हो । यस्ता सिमसार क्षेत्रमा दुर्लभ चराहरुको वासस्थान हुन्छ ।

सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि सन्तुलनमा राख्ने गर्छ । कैलालीको घोडाघोडी ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, कपिलवस्तुको जगदीशपुर ताल, गोसाईकुण्ड, विसहजारी ताल, माईपोखरी अनि पोखराका नौ वटै तालहरु सिमसार क्षेत्र हुन् ।

विश्वभरका १ सय ६९ देशका करिब २ हजार २ सय २५ सिमसार क्षेत्रहरु रामसार सुचिमा सुचिकृत छन् ।

तर अहिले सम्म सुचिकृत भएका रामसार क्षेत्रहरु मध्ये पोखराका तालहरुलाई भिन्नै मोडलबाट सुचिकृत गर्ने प्रयास गरिएको वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय सिमसार समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *