Main News

स्थानीय तहको निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

हिमालय टिभी
२०७८ माघ १८ गते १५:१२
स्थानीय तहको निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

१८ माघ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको मितिबारे परामर्श बढाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज निर्वाचन आयोगका पदाधिकारीहरु मितिबारे छलफल गर्दै हुनुहुन्छ । आयोगले यसअघि नै स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । तर, सत्ता गठबन्धनमा मतभेद रहेका कारण आयोगको सिफारिसमा सरकारले मिति तोक्न सकेको छैन ।

गत शनिबार सत्तारुढ गठबन्धनले जेठमा निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै हुनुहुन्छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिदैछ ।

यसअघि आयोगले एकै चरणमा भए बैशाख १४ र दुई चरणमा भए बैशाख २२ गते निर्वाचन गर्न सकिने सुझाव दिएको थियो । तर, तयारीका हिसावले अब ती मितिमा निर्वाचन गर्न असम्भव छ ।

तर, जेठ ५ गतेभन्दा पछि निर्वाचन गर्दा ऐनमा संशोधन गर्नुपर्ने आवश्यक हुन्छ । सत्तारुढ गठबन्धन ऐन संशोधनको तयारीमा जुटेका छन् । प्रधानमन्त्रीले आयोगसँगको छलफलपछि पुनः गठबन्धनको बैठक बोलाउने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *